लामाचौरबाट बेपत्ता भएका बालक सेतीमा मृत फेला
पाेखरा | असार १९, २०८१
पोखरा: पोखराको लामाचौरबाट बेपत्ता भएका ३ वर्षीय बालक मृत फेला परेका छन् । गएराति देखि बेपत्ता भएका ३ वर्षीय अनमोल सिके आज केआईसिङ पुल नजिक मृत फेला परेका छन् ।
मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन थिए ।
बालक बेपत्ता भएको खवरपछि खोजतलाजमा खटिएको प्रहरीको टोलीले बालकलाई सेती किनारामा आज मृत फेला पारेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

